गजुरीबाट ३६० किलो चरेशसहित ३ जना भारतीय पक्राउ

धादिङ — आइतबार बिहान लागुऔषध नियन्त्रण ब्युरोको सहयोगमा गजुरी प्रहरीले ठुलो परिणाममा लागु औषध चरेश बरामद गरेको छ । काठमाडौंबाट पृथ्वी राजमार्ग हुँदै वीरगंजतर्फ जानलागेको भारतीय कन्टेनरमा लुकाई छिपाई भारततर्फ लैजाँदै गरेको तीन सय ६० किलो चरेशसहित ३ जना पक्राउ परेको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ ।

प्रहरी टोलीले एसआर ५५ एम ९४८४ नम्बरको भारतीय नम्बरको कन्टेनर आइतबार बिहान गजुरी बजारमा रोकेर चेक गर्दा चरेश फेला परेको हो । बरामद गरिएको चरेश सँगै भारत उत्तर प्रदेशका ओमप्रकाश, मोतिहारी जिल्लाका गुलाफ खानलाई पनि प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ । एकजनाको भने परिचय खुल्न सकेको छैन ।
पक्राउ परेकाहरुलाई इलाका प्रहरी कार्यालय गजुरीले अनुसन्धान गरिरहेको जनाएको छ । प्रहरीका अनुसार आइतबार बिहानपक्राउ परेको लागुऔषध चरेस यो वर्षको अहिले सम्मकै सबैभन्दा ठुलो परिमाणको हो ।


तस्बिर स्रोत : नेपाल प्रहरी

February 10, 2019 | By admin

 Career blog

बजार प्रतिनिधि आवश्यकता


नयाँ पत्रिका दैनिक मा ४० देखि ५० जना बजार प्रतिनिधि आवश्यकता । राम्रो संग लेख्न र बोल्न सक्ने व्यक्तिलाई आकर्षक तलब सहित रोजगारीको अवसर छ इच्छुक व्...

Read more ...

वाग्मती सरसफाइको ३०० औं सप्ताह


काठमाडौँ — वाग्मती सरसफाइ अभियानले तीन सयौं सप्ताह पूरा गरे...

Read more ...

सीमा नाघेर इन्धन खर्च


काठमाडौँ — संघीय संसद्का पदाधिकारीले इन्धन खर्चमा तोकिएभन्द...

Read more ...

गजुरीबाट ३६० किलो चरेशसहित ३ जना भारतीय पक्राउ


धादिङ — आइतबार बिहान लागुऔषध नियन्त्रण ब्युरोको सहयोगमा गजु...

Read more ...

सन्दीपको ३ विकेटसँगै मेलबर्न सेमिफाइनलमा


२७ माघ, काठमाडौं । नेपालका लेग स्पिनर सन्दीप लामिछानेले बिग ब्यास...

Read more ...

© 2019 Copyright, Complete Corporate Solution Nepal Pvt. Ltd. All Rights Reserved